
काठमाडौं, १० कात्तिक । काभ्रेपलाञ्चोकमा शनिबार भएको जीप दुर्घटनामा एक पत्रकार र एक जना प्रहरीका डिआइजीसहित ३ जनाको मृत्यु भएको छ ।
मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा बा ३ च २८७ नं को जीप दुर्घटनामा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर जीवन पराजुली, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको र डिआइजी भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतमको धुुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया