चितवन, १० कार्तिक । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको गाईघाटमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-२९ मा बोलेरोले शुक्रबार राति ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो। करिब ४० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन।
ठक्करबाट घाइते भएपछि उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कुखुरा बोक्ने सोतो रङको बोलेरोले उनलाई ठक्कर दिएको थियो। बोलेरो र चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। -रासस












प्रतिक्रिया