
रौतहट, ९ कार्तिक । रौतहटको गौर नगरपालिका २ बाट शुक्रबार एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–७ थोकरटोल बस्ने २५ वर्षिय गोपाल लामा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले त्यसबेला उनको साथबाट नुफिन ५ वटा, फेनारगन ६ वटा, डाईजिल्याब ५ वटा र एभिल १ वटा फेला पारेको थियो । पक्राउ परेका लामालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
यसैबीच, सर्लाही जिल्लाको बिष्णु गाउँपालिका–१ बाट शुक्रबार बिहान एपीएफ टोलीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिमरा सर्लाहीबाट सशस्त्र प्रहरी निरीक्षक नवराज काफ्लेको कमाण्डमा खटिएको एपीएफ टोलीले लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित लत्ताकपडा एपीएफ टोलीले बरामद गरेको हो ।












प्रतिक्रिया