२१ कार्तिक २०८३, शनिबार

भेरी अञ्चल अस्पतालमा नयाँ ‘इन्डोर ब्लक’ बनाउन अर्थ मन्त्रालयले दियो सहमति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–आकाश देबकोटा
बाँके, ९ कात्तिक । भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामीहरुका लागि इन्डोर ब्लक निर्माण हुने भएको छ । सहरी विकास मन्त्री राईको पहलमा स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेको थियो । सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।

२८ परिवार क्षमताको आवास गृह बनाउने सन्दर्भमा भने अर्थ मन्त्रालयले तत्काललाई श्रोत अपर्याप्त रहेको भन्दै सहमति प्रदान गर्न नसकिएको जनाएको छ । यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणार्थ अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

इन्डोर ब्लक निर्माणमा अर्थ मन्त्रालयले सहमति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै सहरी विकास मन्त्री राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफू निरन्तर प्रयत्नरत रहेको बताए ।

भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि ईन्डोर भवन बनाउन १२ बर्षअघि देखि पहल भईरहेको भएपनि सार्थक हुन सकेको थिएन । भेरी अञ्चल अस्पतालमा हाल १ सय ५० शयया रहेको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिए । विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता टड्कारो देखिएको अस्पतालका डक्टरहरुको भनाई छ ।

मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले हाल चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर व्लकमा विरामीहरुका लागि ईन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए ।