११ कार्तिक २०८३, बुधबार

कोठाभित्रै पसेर यी जापनिजहरूले देखाए हर्कत्

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ९ कात्तिक । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घरघर एवं कोठाकोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचारा छापेको छ ।

‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।’

उनीहरू कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए ।

भूकम्पपछि गोरखामा क्रिस्चियन धर्म प्रचारले तीव्रता पाएको छ । विशेष गरी विपन्न बस्तीमा बढी धर्म प्रचार हुने गरेको पाइएको छ ।