२१ कार्तिक २०८३, शनिबार

सन्दीप र अभिनाश न्युरोडबाट पक्राउ

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ कात्तिक । कास्की प्रहरीले पोखराबाट २ जनालाई ठूलो परिणाम लागूऔषध सहित पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोडमा अबैध रुपमा लागुऔषध बिक्री गर्ने उदेश्यले बोकेर हिडिरहेको अवस्थामा पोखरा ७ रत्नचोक बस्ने २३ वर्षीय सन्दीप गुरुङ र पोखरा ५ प्रस्याङ बस्ने ३० वर्षीय अभिनाश गुरुङलाई प्रहरी निरीक्षक गणेश सवेदी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट डाईजापाम ८७ थान, फेनेरागन ८७ थान, बुर्फिनर्फिन ८७ थान र नाईट्रोजन चक्कि ९५ थान बरामद भएको कास्की प्रहरीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

कास्की प्रहरीले १२ बुँदे कार्ययोजना बनाई लागूऔषध निस्तेज अभियान २०७५ सञ्चालन गर्दै आएको छ ।