काठमाडौ । नेपालस्थित फ्रान्सेली दूतावासले आफ्नो सम्पति बेचेर ६३ करोड रुपैयाँ भन्दा बढी (करिव ५ मिलियन युरो) फिर्ता लैजाने भएको छ । दूतावासले बिशालनगरस्थित १९ रोपनी क्षेत्रफलमा फैलिएको राजदूत निवास बेचेको हो ।
अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री कम्पनी प्रालिले खुला बोलपत्र प्रक्रियाबाट होटेल बनाउन उक्त जग्गा किनेको छ । फ्रान्सले लाजिम्पाटस्थित दूतावास भवन रहेको जग्गा समेत बेच्न परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको छ । कम्पनीले त्यहाँ सुविधा सम्पन होटल बनाउने जानकारी सरकारलाई गराउँदै एक महिनाअघि जग्गा आफ्नो स्वामित्वमा लिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
नेपालको पुरानो मित्र मुलुक फ्रान्सले चार दशकअघि निकै सस्तो भाउमा जग्गा किनेको थियो । अहिले उक्त जग्गा प्रतिआना २० लाख रुपैयाँभन्दा बढीका दरले बेचेको स्रोतले बतायो । सस्तोमा किनेर धेरै मूल्यमा बेचेर सम्पत्ति लैजानुलाई कूटनीतिक क्षेत्रले राम्रो मानेको छैन् ।
परराष्ट्रका अधिकारीले आफ्नो सम्पत्ति बेचेरे लैजान पाउनु अधिकार भएपनि सम्पन्न र शक्तिशाली मुलुकले अतिकम विकसित मुलुकबाट यसरी रकम लैजाने विषयमा अन्तर्राष्ट्रिय स्तरमा बहस हुनुपर्ने बताए । दुर्इ वर्षअघिसम्म नेपालका लागि फ्रान्सका राजदूत सोही जग्गामा रहेको घरमा बस्दै आएका थिए । घर पुरानो भएको भन्दै दूतावासले बाँसबारीमा राजदूत निवास भाडामा लिएर यहाँको जग्गा बेचेको हो ।














प्रतिक्रिया