
काठमाडौं, ७ कात्तिक । जुम्लाबाट सुर्खेतका लागि छुटेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका प्रहरीले जनाएको छ ।
जुम्लाको हिमा गाउँपालिका–३ वड्कीमा भे १ ज ८६५ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा एक जना बच्चा, एक महिला र एक पुरुष रहेका छन् । उनीहरुको सनाखत भएको छैन । घाइते चारै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।












प्रतिक्रिया