५ कार्तिक २०८३, बिहिबार

जनता डिजिटलले म्युजिक भिडियोमा फड्को मार्‍यो, ल्यायो अत्याधुनिक ड्रोन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीत संगीतको क्षेत्रमा दश वर्षदेखि सक्रिय जनता डिजिटल प्रालिले आफ्नै ड्रोन क्यामरा खरिद गरेपछि सम्पूर्ण प्राविधिकसहितको काममा आफै सक्षम बनेको छ ।

दशैँको अवसर पारेर जनता डिजिटलले ड्रोन क्यामरा खरिद गरेको हो । म्युजिक भिडियोहरु छायाँकनका लागि आवश्यक पर्ने ड्रोन क्यामरा खरिद गरिएको जनता डिजिटल प्रालिका प्रबन्ध निर्देशक एवम संगीतकार केशव सापकोटाले जानकारी दिए ।

‘म्युजिक भिडियोसम्बन्धी सबै काम गर्दै आएका छौँ’, सापकोटाले भने, ‘ड्रोन क्यामराको अभाव थियो । त्यो अभाव पनि अन्त्य भएको छ । आफ्नै क्यामरा आएको छ ।’ गीत संगीतमा रुचि राख्ने संगीतकार सापकोटा आफैले पनि दुई सय बढी गीतमा संगीत दिइसकेका छन् ।

जनता डिजिटल प्रालिको अनामनगरस्थित कार्यालयमा मंगलबार ड्रोन क्यामरालाई औपचारिक रुपमा सार्वजनिक समेत गरिएको छ ।

जनता डिजिटलले म्युजिक भिडियोका लागि आवश्यक पर्ने क्यामरा, ट्रली, रिफ्लेक्टर, स्कीमर, साउण्ड सिष्टम, जनरेटर, इडिटिङ ल्याब, लाइटहरु आफै खरिद गरेर राखेको छ । सापकोटाका अनुसार आवश्यक्ताअनुसार ती सामाग्रीहरु भाडामा लगाउने पनि गरिएको छ ।

जनता डिजिटल प्रालिमा आवद्ध निर्देशक, संगीतकार, गायक, गायिका, प्राविधिक, छायाँकार, सम्पादक, कलाकार आदि सबैको प्रयासले यो दशैँदेखि झन् आत्मनिर्भर भएको अध्यक्ष एवम् संगीतकार सापकोटाले बताए ।

जनता डिजिटलको कार्यालयमा आयोजित विशेष कार्यक्रममा फिल्म निर्देशक एवम् कोरियोग्राफार रामजी लामिछाने, म्युजिक भिडियोका निर्देशक मुनाल शिशिर कोइराला, शिशिर श्रेष्ठ, निश्चल केसी, शर्मिला पुरी, सम्पादक अमृत चापागाइँ, छायाँकार मुकेश हुमागाइँ, मिडिया डबलीका पत्रकार कृष्ण पहाडी लगायतको सहभागिता रहेको थियो ।