२९ आश्विन २०८३, बिहिबार

चरिमायाको कथा चलचित्र पर्दामा, बन्ने भयो ‘मखमली’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

makhamali-muhurta
मेलम्ची, १२ माघ । सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा नारकीय जीवन भोगेकी चरिमाया तामाङको सघंर्षपूर्ण जीवनलाई चलचित्र ‘मखमली’ ले उतार्ने भएको छ ।

उनी अहिले मानव बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी छिन् । गरिब परिवारमा जन्मेकी एउटी नेपाली चेली भारतको कोठीमा बेचिएर भोग्नुपरेको यातनालाई समेटेर कथानक चलचित्र मखमली बनाउन लागेको चलचित्रका निर्देशक राजु गिरीले बताउनुभयो ।

चलचित्रमा चरिमायाको भूमिका नायिका शुभेच्छा थापाले निभाउने भएकी छिन् । उनी चलचित्रको निर्मात्री तथा कथा, पटकथा र संवाद लेखक पनि हुन् ।

सत्तरी प्रतिशतभन्दा बढी छायाङ्कन चरिमायाको जन्मथलो सिन्धुपाल्चोक जिल्लामै गरिने नायिका थापाले बताउनुभयो । आफ्नो जीवनमाथि चलचित्र बन्न लागेकामा आफू खुसी भएको प्रतिक्रिया चरिमायाले दिनुभएको छ ।