२१ कार्तिक २०८३, शनिबार

प्रहरी प्रमुखको निवास नजिकै एकल महिलाको हत्या

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, २ कात्तिक । आज यहाँ एकजना एकल महिलाको हत्या भएको छ ।

राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ । रक्ताम्य अवस्थामा आज बिहान उनको शव फेला परेको हो । मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ । प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ ।

रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ । शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।