२१ कार्तिक २०८३, शनिबार

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २ कात्तिक । धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्युहुनेमा धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

माटो खन्न गएको बेला माथिबाट ढिस्को खसेर पुरिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो । उनीसँगै माटो खन्न गएका बालिका मिका पन्डित र रन्जिता पन्डित घाईते भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिए।