९ कार्तिक २०८३, सोमबार

जनमत सङ्ग्रहबाट संविधान ल्याउन राप्रपा नेपालको जनदबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa1
काठमाडौँ, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधानका विवादित विषयलाई जनमत सङ्ग्रहमा लगेर टुङ्याउन देशभर जनदबाब सिर्जना गर्ने जिम्मेवारी केन्द्रीय तहका नेतालाई दिने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न नेताले सहमति तथा विधि र प्रक्रिया कायम हुन नसकेको अवस्थामा विवादित विषयलाई जनतामा लगेर टुङ्गो लगाउन माग गरेपछि सबै जिल्लामा जनमतको वातावरण बनाउन केन्द्रीय नेतालाई सहभागी बनाउने निर्णय गरिएको सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, बैठकले संविधानसभामा दलहरुबीच असहमति हुँदाहुँदैे प्रश्नावली समिति गठन गर्ने सभाध्यक्षको कदमले देशभित्र राजनीतिक ध्रुवीकरण बढाउने निष्कर्ष निकालेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्य तथा सभासद्को सहभागिता थियो । रासस