९ कार्तिक २०८३, सोमबार

नेपाल–चीनबीच कूटनीतिक सम्बन्धको हीरक महोत्सव मनाईने, समिति गठन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china_nepal_flag
काठमाडौँ, १२ माघ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले क्यानाडाका लागि नेपालका आवासीय राजदूत कालिप्रसाद पोखरेललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको स्थायी प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले बताउनुभयो ।

सरकारले नेपाल टिम्बर कर्पोरेसन लिमिटेडको अध्यक्षमा अर्को व्यवस्था नभएसम्मका लागि वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यलाई र महाप्रबन्धकमा वीरेन्द्रकुमार यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा गोपालबहादुर खड्का, नेसनल टे«डिङ कर्पोरेसन लिमिटेडको महाप्रबन्धकमा पूर्णशङ्कर बसी र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको महाप्रबन्धकमा कुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य एकेडेमी भारतकाबीच एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र ललितकला एकेडेमी भारतबीच समझदारीमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार मन्त्री डा. रिजालले जानकारी दिनुभयो ।