२१ कार्तिक २०८३, शनिबार

बैतडी बस दुर्घटना, पाँच जना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३० असाेज । महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द जोशी रहेका छन्।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। अत्तरियाबाट गन्नाका लागी छुटेको पवनदूत यातायातको ना५ख ८११७ नं को बस आज बिहान ५ बजे एक्कासी बाङ्गाबगरमा सडकमा पल्टेको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।