
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणबीचको विवाहको कुरा मिडियामा आइरहेका छन् । मानिसहरुले उनीहरुले विवाह गर्ने स्थान र तारिखलाई समेत चासो दिइरहेका छन् ।
तर, उनीहरुको बिहेको मिति अर्को वर्षसम्मका लागि टरेको बताइएको छ । यद्यपी, रणवीर र दीपिका दुवैले यस विषयलाई लिएर केही पनि बोलेका छैनन् ।
खबरका अनुसार रणवीर र दीपिकाले बिहेबारे पहिलोपटक प्रतिक्रिया दिएका छन् । एक इभेन्टमा विवाहबारे प्रश्न सोध्दा रणवीरले भनेका थिए, ‘यदि हामीले विवाह गर्छौं भने सबैभन्दा पहिला मिडियालाई जानकारी दिन्छौं । लुकाउँदैनौं ।’
रणवीरले यसो भनिरहँदा सँगै दीपिका पनि थिइन् । रणवीरको कुरा सुनेर उनी मुस्कुराएकी थिइन् ।















प्रतिक्रिया