२९ आश्विन २०८३, बिहिबार

डिभिजन २ मा नेपाल चौथो, केन्यासँग फेरी पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेदरल्याण्ड डिभिजन–२को च्याम्पियन

nepali-cricket-team काठमाडौं ११ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा नेपाल चौथो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि नामाबियामा शनिवार भएको खेलमा केन्यासँग १५ रनले पराजित भएपछि नेपालले चौथो हुँदै प्रतियोगिता टुंग्याएको हो ।

केन्यासँग नै शुक्रबार ५ विकेटले पराजित भएपछि नेपालको डिभिजन–१ मा बढुवा हुन रोकिएको थियो । शनिबारको हारसँगै केन्यासँग शुक्रबारको हारको बदला लिन नसक्दा प्रतियोगितामा तेस्रो हुँदै सान्त्वना जीत हात पार्ने सपना पनि सफल भएन् ।

२ सय ९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा १ सय ९३ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा विनोद भण्डारीले सर्वाधिक ७३ बनाए । ज्ञानेन्द्र मल्लले ४८ रन बनाए । ३७ औ ओभरमा ६ विकेट गुमाउँदा १ सय ७२ रन बनाउँदै जितका लागि अवस्था सहजजस्तो बनाएपनि त्यसपछि नेपाली ब्याट्स्म्यान धेरैबेर क्रिजमा टिक्न सकेनन् ।

कप्तान पारस खड्काले रनको खातै खोल्न सकेनन् भने ओपनिङ ब्याटस्म्यानले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । सुवास खकुरेल १० र सागर पुन ११ रनमा आउट भए । यसअघि, पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले ३, सागर पुनले २ तथा शक्ति गौचन र भुवन कार्कीले १–१ विकेट लिए ।

प्रतियोगितामा नेदरल्याण्ड डिभिजन–२को च्याम्पियन बनेको छ । शनिबारै भएको फाइनलमा नामिबियालाई ८ विकेटले हराउँदै नेदरल्याण्ड पहिलो भएको हो । २ सय १३ रनको लक्ष्य नेदरल्याण्डले ४१ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो ।

 

–डिभिजन–२ मा पारस सर्वोत्कृष्ट खेलाडी

paras-khadka-400x400नेपालको क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्का विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताकै ‘म्यान आफ द सिरिज’ चुनिएका छन् ।
नामिबियामा शनिबार सम्पन्न प्रतियोगितामा केन्यासँग हारेपछि नेपाल चौथो भएसँगै पारसलाई सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिइएको हो ।

पारस नेपालले नामिबिया र क्यानडालाई हराएको खेलमा म्यान अफ द म्याच भएका थिए । ती दुवै प्रतिद्वन्द्वी विश्वकप खेलिसकेका टिम हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले आयोजना गर्ने प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले ३ अंक पाउँछन् । त्यसपछि दुई उत्कृष्टलाई २ र १ अंक दिइन्छ ।

नामिबिया र क्यानडासँगको खेलमा ६ अंक जोडेका पारसले नामिबियाको खेलमा २ अंका पाएका थिए । ्
उनी सर्वाधिक ८ अंकसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीका रुपमा म्यान अफ द सिरिज चुनिएका हुन् ।