
काठमाडौं, १६ असोज । तीर्थ खत्री र सुमित्रा भट्टराईको आवाजमा ‘पानी तालैले…’ बोलको गीत बजारमा आएको छ ।
नायिका निता ढुंगाना र प्रकाश सपुतले अभिनय गरेको गीतलाई दिपेन्द्र तिमल्सिनाले बजारमा ल्याएका हुन् । फरक शैलीको भनिएको यो लोक गीत सोमबार मात्र बजारमा सार्वजनिक भएको हो ।
यसको भिडियो मकवानपुरको कुलेखानी र काठमाडौँ आसपासका ठाउँहरुमा छायांकन गरिएको छ । करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको यस भिडियोलाई मण्डली फिल्मस्ले निर्माण गरेको हो ।
हेर्नुस् भिडियो















प्रतिक्रिया