
काठमाडौं, १६ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ले दर्शकको राम्रो साथ पाएको छ । धमलाले बनाएको चलचित्र भएर मुलुकका चर्चित अनुहारहरुले हलमै गएर अनुराग हेरेका छन् । चलचित्र हेरेपछि उनीहरुले विभिन्न किसिमको प्रतिक्रियासमेत दिने गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने, “यो फिल्म सफल हुन्छ ”
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पत्रकार ऋषि धमलाले बनाएको फिल्म भएर आफू अनुराग हेर्न हलमै आएको स्पष्ट पारेका छन् । काठमाडौंको सुन्धरास्थित् सिभिल मलमा रहेको क्वि.एफ.एक्स हलमा पुगेर अध्यक्ष तिमिल्सिनाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,“सञ्चारकर्मीले हात हालेको फिल्म भएकोले म अनुराग हेर्न हलमै आएको हुँ । यसको कथाबस्तु राम्रो लाग्यो । यो फिल्मले प्रगति र उन्नती हाँसिल गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।”
तिमिल्सिनाले चलचित्रले अहिलेको युवा पुस्ताको मन जितेको पनि प्रतिक्रिया दिए । त्यस्तै उनले पत्रकार धमला यसको लागि बधाईको पात्र भएको पनि बताए । उनले भने,”ऋषिजीलाई सर्बप्रथम बधाई र सफलताको शुभकामना दिन चाहन्छु । उहाँ पत्रकारितामात्रै होईन, सबै क्षेत्रमा सफल हुनुहुन्छ ।” उनले पत्रकार धमलालाई विलक्षण प्रतिभाका धनीको संज्ञासमेत दिए ।
अनुरागले रुवायो, सबैले एकपटक हेर्नैपर्छ : मन्त्री पण्डित
अध्यक्ष तिमिल्सिनासँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उनकी धर्मपत्नी, बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, सांसदहरु, बरिष्ठ अधिवक्ताहरु, मानवअधिकारकर्मीहरु र गायक तथा गायिकाहरुको उपस्थिति रहेको थियो ।

मन्त्री पण्डितले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए । उनले भने,“चलचित्र राम्रो बनेमने छ । यसले युवा पुस्ताको मन जितेको छ । सबैले एकपटक हेर्नुपर्छ ।” मन्त्री पण्डित पत्नीसहित हलमा पुगेका थिए ।
धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुराग देशैभरि अत्यधिक रुचाईएको छ । शुक्रबारबाट अल नेपाल रिलिज भएको अनुरागले दर्शकहरुको राम्रो साथ पाएको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार अनुरागसँगै प्रदर्शनमा आएका अन्य चलचित्रहरुभन्दा यो चलचित्रले धेरै राम्रो व्यापार गरेको छ । अनुरागले ओपनिंगमै आक्रमक व्यापार गरेको थियो ।
म्युजिकल लभस्टोरी रहेको चलचित्रलाई युवा पुस्ताले औद्यी रुचाएका छन् । अहिले अनुरागमा समाहित गीतहरुसमेत जनजीब्रोमा झुण्डिन थालेको छ । अनुराग हेर्न नेता, मन्त्री, उद्योगी, व्यापारी, समाजसेवी, विद्यार्थी, कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको छ ।
आज सोमबार अनुरागले काठमाडौंको सिभिल मलमा रहेको क्वि.एफ.एक्स र सिटी सेन्टरमा रहेको बिग मुभिजमा छुट्टाछुट्टै स्पेशल शोको आयोजना गरेको छ ।
अनुराग राम्रो बनेको छ : जितु नेपाल
त्यस्तै चर्चित कलाकार जितु नेपालले पनि अनुराग राम्रो बनेको बताए । उनले भने,‘ऋषिजीले बनाएको अनुराग उत्कृष्ट चलचित्र बनेको छ । धमलाजीको एक्लो प्रयास प्रशंसनीय छ ।’
चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु उत्साहित देखिन्थे । उनीहरुले चलचित्र राम्रो बनेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । दर्शकहरुले अनुरागको लागि ‘शो’ हरु अझै बढाउनुपर्ने माग गरेका छन् ।
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन् ।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन् ।
‘अनुराग’ हरेपछि धेरै भावविह्वल भएँ, झण्डै आँशु झरेनः हरिवंश आचार्य
बरिष्ठ कलाकार हरिवंश आचार्यले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग आफूलाई अत्यन्तै राम्रो लागेको बताएका छन् ।
चलचित्र अनुराग हेर्न सिभिल मलस्थित् क्वि.एफ.एक्स हल पुगेका आचार्यले चलचित्र हेरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने,”चलचित्रमा प्रेम कथा रैछ । राम्रो लाग्यो । टेक्निकल्ली स्टोरीपनि राम्रो छ । आँखा प्रत्यारोपणको सन्देश रैछ । मलाई झनै मनपर्यो । म एकैछिन भावुक पनि भएँ । झण्डै आँशु झरेन । एलिजा र समुन्द्रको अभिनय झनै राम्रो लाग्यो । डेब्यु आर्टिष्ट भएरपनि यस्तो बेजोड अभिनय गर्नुभएको छ ।”
उनले चलचित्रको पहिलो सन्देश भनेको नै मनोरञ्जन भएको प्रतिक्रिया पनि दिए । उनले भने,”राजाराम पौडेलले हँसाउनुभएको छ । हिरोको स्कोप राम्रो छ ।”
त्यस्तै उनले चलचित्रमा पत्रकार धमलाले धेरै पैसा खर्चिएकोजस्तो लागेको पनि बताए । उनले नेपालका बिग ब्यानरले अनुरागका नायक नायिकाको काम मन पराएर नयाँ मुभीमा लिने सम्भावना धेरै रहेको सुनाए ।
‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र
सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको बताउँदै एकपटक सबै नेपालीलाई हेरिदिन आग्रह गरेका छन् ।
सुन्धारास्थित् सिभिल मलमा रहेको क्वि.एफ.एक्स हलमा पुगेर नेता पौडेलले अनुराग हेरेका हुन् । अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले पत्रकार धमलाले बनाएको चलचित्र अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको पनि बताए ।
चलचित्र अत्यन्तै राम्रो बनेको नेता पौडेलले प्रतिक्रिया दिए । उनले चलचित्रमा कलाकारहरु सबै नयाँ हुँदापनि यस्तो दमदार र जीवन्त गर्नु धेरै राम्रो भएको बताए । अनुरागले युवा पुस्ताको मन जित्ने उनको विश्वास छ ।
फिल्म राम्रो बनेको छ : सिपी मैनाली
नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सिपी मैनाली पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ हेर्न सिटी सेन्टरस्थित् बिग मुभिज पुगेका छन् ।

महासचिव मैनालीले बजारमा अनुरागको चर्चा तथा परिचर्चा निकै रहेकाले आफू टिकट काटेरै फिल्म हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । फिल्म राम्रो बनेको र ऋषि धमलाले वाहवाही पाएको भन्दै उनले धमला बधाईको पात्र भएको समेत बताए ।
कांग्रेस नेता चन्द्र भण्डारीले यसो भने
गत शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आएको पत्रकार ऋषि धमलाको नेपाली कथानक चलचित्र ‘अनुराग’ले युवा पुस्ताकोमात्रै नभएर नेतादेखि मन्त्रीसम्मको मन जित्न सफल भएको छ ।
धमलाले नै चलचित्र बनाएको र उनकी श्रीमतीको मुख्य अभिनय रहेकोले आफू हलमै चलचित्र हेर्न आएको कांग्रेस नेता चन्द्र भण्डारीले प्रतिक्रिया दिए । उनले भने,‘मैले अहिलेसम्म नेपाली चलचित्र हलमै आएर हेरेको छैन, ऋषिजीको यो चलचित्र अनुराग नै मेरो हलमा हेरेको पहिलो चलचित्र हो । देशकै चर्चित पत्रकारले यसरी मुभी बनाएपछि म हेर्न आएको हुँ ।’ भण्डारीले अनुराग चलचित्र सफल भएको विश्वास दिईन् ।
चलचित्र निर्माण गरेको सुरुदेखिनै यसले असाध्यै माया पाएको बताउँदै उनले चलचित्र सफल हुनेमा आफू विश्वस्त रहेको बताउँदै सफलताको लागि ुशुभकामना समेत दिए ।
धमलाको ‘अनुराग’ हेर्न मन्त्रीहरु कुमारी हलमा
चलचित्र ‘अनुराग’ हेर्न नेपाल सरकारका मन्त्रीहरु कुमारी हलमा पुगेका छन् । कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी धमलाद्धारा निर्मित चलचित्र अनुराग हेर्न कुमारी हल पुगेका थिए ।
पत्रकारले मुभी बनाउनु खुशीको खबर भएको बताउँदै मन्त्रीद्धयले आफूहरु धमलाले बनाएर र त्यसमा पनि धमलाकी पत्नीको मुख्य भूमिका रहेको थापा पाएर हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिए ।
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन् ।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन् ।















प्रतिक्रिया