५ कार्तिक २०८३, बिहिबार

प्रमिला कार्कीको अर्को मार्मिक म्यूजिक भिडियो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । सञ्चारकर्मी एवं टेलिभिजन कार्यक्रम प्रस्तोता प्रमिला कार्की अभिनित मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युट्युबमा सार्वजनिक प्रहार बोलको गीतको भिडियाेमा कार्कीको अभिनय देख्न सकिन्छ । उनलाई अभिनयमा संगीतकार श्रीकृष्ण बम मल्ल र गीतकार तेजेन्द्र भण्डारीले साथ दिएका छन् । अतिथि कलाकारमा रुपमा ललिता पौडेल छन् ।

कार्की एनटिभी प्लस टेलिभिजनबाट प्रशारण हुने झंकार कार्यक्रमकी प्रस्तोता हुन् ।

राज सिग्देलको आवाज रहेको गीतमा भण्डारीको शब्द र मल्लको संगीत छ । मल्लकै निर्देशन रहेको गीतको भिडियाको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने टेकेन्द्र शाहको सम्पादन छ ।

गीतको एजेन्जर साहस शाक्यले गरेका हुन् ।