२९ आश्विन २०८३, बिहिबार

आइबारदेखि नेशनल ट्रेडिङबाट खाना पकाउने ग्यास वितरण गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gas

काठमाडौं, १० माघ । खाना पकाउने ग्यासको कालोबजारी भएपछि नेपाल आयल निगमले आइतबारदेखि नेशनल ट्रेडिङबाट विक्री वितरण गर्ने भएको छ ।

कालोबजारीका कारण बजारमा हाहाकार मच्चिएपछि निगमले आइतबार १ बजेदेखि ट्रेडिङको टेकुस्थित कार्यालयबाट विभिन्न कम्पनीको ग्यास विक्री वितरण गर्न लागेको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार, ट्रेडिङको टेकुस्थित कार्यालयबाट उपभोक्ताले निगमका २४ वटा ग्यास कम्पनीबाट उत्पादित ग्यास खरिद गर्न पाउनेछन् । उनका अनुसार, पुराना सिलिण्डर भएकालाई मात्र यो सुविधा छ । एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने निगमको दाबी छ । भारतको बरौनी रिफाइनरी मर्मतका कारण केही समय ग्यासको आयात रोकिएपनि अहिले कुनै समस्या नरहेको निगमले प्रष्ट पारेको छ ।