काठमाडौँ, ८ माघ । एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको मोर्चामै खटपट देखिएको छ ।
प्रमुख दलको बिहीबारको बैठकमा मोर्चाको नेतृत्व गरेको एमाओवादी र मधेशी मोर्चाबीच खटपट देखिएको हो । बैठकमा मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदार र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय प्रदेशको सीमांकन दुई महिना भित्र गर्ने र प्रदेशको नाम पनि प्रदेश सभाले नै राख्ने गरी संविधान जारी गर्ने प्रस्ताव राखेका थिए । गच्छदार र यादवले राखेका प्रस्तावमा सत्तारुढ सकारात्मक देखिएका थिए । तर, त्यो प्रस्तावलाई एमाओवादीका अध्यक्ष एवं विपक्षी मोर्चाका संंयोजक पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्वीकार गरिदिए । जसका कारण प्रमुख दलहरुको बैठक समेत निष्कर्षविहीन बन्यो । मधेशी मोर्चासँग सुरु भएको खटपटले एमाओवादी नेतृत्वको मोर्चा धेरै नटिक्ने देखिएको छ ।
विपक्षी दलहरुका तर्फबाट गच्छदार र यादवको काँग्रेसले स्वीकार्दा समेत प्रचण्डले नमानेका कारण दलहरुले सहमति जुटाउन नसकेको काँग्रेस सहायक महामन्त्री पूर्णबहादुर खडकाले बताउनुभयो ।
















प्रतिक्रिया