२ कार्तिक २०८३, सोमबार

सरकारको आयु लम्बिएकामा हामी खुसी छैनौँ : मन्त्री बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-Basnet

भक्तपुर, ८ माघ । उद्योगमन्त्री महेश बस्नेतले माघ ८ मा संविधान जारी हुन नसक्दा सरकारको आयु लम्बिएको बताउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्र्रियामा उहाँले संविधान जारी नभएसम्म यही सरकार रहने बताउँदै भन्नुभयो, “माघ ८ मा संविधान जारी गर्न सकेको भए देशले राष्ट्रिय सहमतिको सरकार पाउँथ्यो, तर संविधान जारी भएन, सरकारको आयु लम्बिएकामा हामी खुसी छैनौँ ।” छिटोभन्दा छिटो संविधान जारी गर्न सरकारले सकारात्मक पहल गर्ने बताउँदै उहाँले संविधान जारी भएपछि मात्रै राष्ट्रिय सरकार गठन हुने बताउनुभयो ।

देशमा फेरि बन्दहडताल सुरु हुँदा नेपाल भित्रिन लागेका २२ प्रतिशत पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको बताउँदै उहाँले बन्द र हडतालले धेरै मुलुकले आफ्ना नागरिकलाई नेपालको भ्रमण नगर्न उर्दी जारी गर्दा नेपालले फेरि आर्थिक नोक्सान व्यहोर्नुपरेको बतताउनुभयो ।

कार्यक्रममा निर्माण व्यावसायी महासङ्घका महासचिव रामशरण देउजाले सरकारले निर्माण व्यवसायलाई सेवामूलकबाट हटाएर उद्योग व्यवसायमा राखेकामा खुसी व्यक्त गर्दै सार्वजनिक खरिद ऐन तत्काल संशोधन हुनुपर्ने बताउनुभयो । रासस