२ कार्तिक २०८३, सोमबार

सीके राउतका चार कार्यकर्तालाई मुद्दा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, ७ माघ । डा सीके राउतलाई पक्रेको विरोधमा लहानमा सोमबार भएको झडपका क्रममा प्रहरीलाई पक्राउ गरेका चार विद्यार्थीमाथि मुद्दा चलाएको छ ।

पक्राउपर्नेमा तेनुवापट्टी गाविस–३ का धिरजकुमार यादव, लहान नपा–१ का रोषण चौधरी, सोही ठाउँका देबु चौधरी र अजय गुप्ता रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चारैजनाले सवारी साधन तोडफोड गर्ने क्रममा पक्राउ परेका हुन् । त्यसैले सार्वजनिक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएका छौँ ।”

मानव अधिकारकर्मी दुर्गा महतोले पक्राउ परेका चारैजना विद्यार्थी कुनै तोडफोड र झडपमा संलग्नता नरहेकाले पक्राउ गरेर मुद्दा चलाउनु मानवअधिकारको उल्लङ्घन भएको बताउनुभयो ।