५ कार्तिक २०८३, बिहिबार

पर्यटन प्रवर्द्धनको लागि गाउँपालिकाको चिनारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जाजरकोट, २७ भदौ । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले पर्यटन प्रवर्द्धनको लागि चिनारी सार्वजनिक गरेको छ । गाउँपालिका भित्र रहेका उद्योग, जलश्रोत, पर्यटन र कृषिको विकासका सम्भावना बोकेको प्राकृतिक सुन्दरताले भरिपूर्ण आर्थिक तथा सामाजिक पर्यटन विकास र समृद्धिको प्रचुर सम्भावनाहरुलाई प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धनको लागि चिनारी सार्वजनिक गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीका अनुसार नेपालको पछाडि परेको जाजरकोट, जाजरकोटमा पनि पछाडि परेको जुनिचाँदे गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा नेपालको कुना कन्दरामा चिनाउनको लागि आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रममा समावेश गरि गाउँपालिकालाई पर्यटन क्षेत्रमा रुपान्तरण गर्नको लागि चिनारी सार्वजनिक गरिएको हो । साथै पर्यटकीय क्षेत्रको रुपमा नेपालको उत्कृष्ट गाउँपालिका निमार्ण अगाडी बढाएको अध्यक्ष केसीले बताए ।

गाउँपालिकाको ९० प्रतिशत भूभागमा वन जंगलले भरिएको छ । एकातिर पर्यटकीय हिसाबले छेडा, सुवानाउली, लुहादह, सानाखोला, जुनि, चाँदे हुँदै जुम्ला केन्द्रीय सडक महत्वपूर्ण रहेकोले जुनिचाँदे गाउँपालिकालाई पर्यटन क्षेत्रको रुपमा चिनाउनको लागि महत्वपूर्ण धार्मिक स्थलहरु रहेको अध्यक्ष केसीको भनाइ छ ।

गाउँपालिका भित्र रहेको नदाइ दह, चाँदे हिमाल जनजातीहरुको बाहुल्यता रहेको जुनि बस्ती दश बर्षे जनयुद्धमा सामूहिक रुपमा नेपाल प्रहरीद्वारा खेतालाहरुको ज्यान गएको साग्लागनी लेक, पाथिभरा भ्यूटावर, गिरीखेल्न गुफा, पञ्चाला मन्दिर, लुहादहमा रहेको बाबिरा मष्टा मन्दिर, सोही ठाउँमा रहेका ढुङ्गे देवल, नदाई मन्दिर, मालिका मन्दिर, कालिका मन्दिर , भैरव मन्दिर, नारायन मन्दिर, पुर्खाहरुको अनुसार भोट र चाइनाबीच द्वन्द्व भएको बेला राखिएको ढुङ्गाका सिलाहरुलाई व्यवस्थित गरेर अगाडी बढाउन आफू दिन रात खटिएको समेत अध्यक्ष केसीले जानकारी दिए ।

साथै जुनिचाँदे गाउँपालिकामा पर्यटकीय क्षेत्रसँगै विभिन्न जडिबुटीहरु चिराइतो, पाँच औंले, टिमुर, यार्सागुम्बा, सतुवा, जटामसि, खिरौलोलाई संरक्षण र प्रवर्द्धन गरेर एउटा उद्योगको रुपमा विकास गर्ने अवको लक्ष्य रहेको उनको भनाई छ । मध्यपश्चिमकै सबै भन्दा ठूला काईनाइट खानी, फयान्टा, टुर्नामिल, ग्रीन, रत्न पत्थर लगायत अन्य खानीलाई संरक्षण विकास गर्नको लागि अगाडि बढेको अध्यक्ष केसीले बताए ।

स्थानीय तहमा रहेका काईनाइट खानी, जंगल, जडिबुटी, मजकोट खोला पानीको प्रचुर सम्भावनालाई मध्य नजर गरि नागढुङ्गा देउराली पाथीभरा भ्यूटावर, नदाईडाब लगायतका पर्यटकीय स्थललाई प्रथामिकतामा राखि हाल अगाडि बढिरहेको अध्यक्ष केसीले जानकारी दिए ।

https://www.youtube.com/watch?v=Z2qbLYoLbrs

भिडियो स्रोत : भिजनखबर