५ कार्तिक २०८३, बिहिबार

एनएमबिको ‘तलब खाता’मा उत्साहजनक सहभागिता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । एनएमबि बैंकले तलबी कर्मचारीहरुलाई मध्यनजर गर्दै सर्वाधिक ब्याजदर दिनेगरी ल्याइएको ‘एनएमबि तलब खाता’मा नेपालभर उत्साहजनक सहभागिता देखिएको छ ।

सात प्रतिशत उच्च ब्याजदर प्रदान गरिने यस खातामा बैंकले विभिन्नसुविधाहरु निशुल्क उपलब्ध गराएको बैंकले जनाएको छ । जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो, जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथैे ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा समेत यो खातामा रहेको छ ।

‘नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुन पर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबी पहिलो बैंक हो ।