२९ आश्विन २०८३, बिहिबार

बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई दाहालको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NEPAL-POLITICS-MAOISTS

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सरकारी निवास बालुवाटार पुगेका दाहालले ढुंगेललाई पक्राउ गरिए आफूहरु चुप नबस्ने चेतावनी दिएका हुन् । प्रहरीले केही दिन अघि ढुंगेलसँगै जन्मकैद सुनाइएका माओवादीका पूर्वकार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरी जेल हालिएकोमा पनि दाहालले आपत्ति जनाएको प्रधानमन्त्री निवास स्रोतले बतायो ।

२०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारीमा स्थानीय उज्जनकुमार श्रेष्ठको व्यक्तिगत रिसइबीका आधारमा भएको हत्यासम्बन्धी मुद्दामा ओखलढुंगा जिल्ला अदालतले ढुंगेल र गौतमलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएको थियो । गौतम केही दिन अघि पक्राउ परेपनि ढुंगेल अहिले पनि लुकीलुकी हिँडिरहेका छन् । गृहमन्त्री बामवदेव गौतमले ढुंगेललाई पक्राउ गर्ने बताइरहेपनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

शान्ति प्रक्रियाको साझेदार शक्ति हुनाको नाताले सबै विषयलाई सहमतिमा नै अगाडि बढाउनुपर्ने र द्धन्द्धकालिन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने दाहालको भनाइ थियो । तर, प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले भने संविधान निर्माण प्रक्रियालाई कसरी गति दिने र शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने विषयमा छलफल केन्द्रीत रहेको बताए ।

भेटमा जनअपेक्षाअनुसार संविधान निर्माण प्रक्रियालाई गति दिन सरकार र विपक्षी दल मिलेर जानुपर्ने विषयमा पनि छलफल भएको थियो ।

यसैगरी, न्यायाधिश नियुक्ति, संविधानसभामा मनोनयन गरिने २६ जना सभासद्को विषयमा पनि छलफल भएको थियो ।