२९ आश्विन २०८३, बिहिबार

बङ्गुरको मासु परिकार महोत्सवमा बीस हजारको सहभागिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sugur Ko Masuकाठमाडौं, ४ माघ । प्रथम बङ्गुर मासु परिकार महोत्सव सम्पन्न भएको छ ।

बङ्गुर व्यवसायी सङ्घलगायतका सङ्घसंस्थाको आयोजनामा भृकुटीमण्डपमा यही माघ १ गतेदेखि शनिबारसम्म भएको महोत्सवमा करिब २० हजार दर्शकले सहभागिता जनाएको जानकारी गराइयो ।

महोत्सवमा विभिन्न जिल्लादेखि ल्याइएको बङ्गुरको विभिन्न परिकारका साथै मासु खरिद बिक्री भएको थियो ।

महोत्सव समापन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा भारतेन्द्र मिश्रले यस किसिमका महोत्सवबाट व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग पु¥याउने विचार व्यक्त गर्दै देशका अन्य स्थानमा पनि महोत्सव गरी उपभोक्तालाई आकर्षित गर्न सुझाव दिनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक टेकबहादुर गुरुङले बेरोजगारी समस्यालाई समाधान गर्न कृषि तथा पशुपालनलाई महत्व दिनुपर्ने भन्दै कम लगानीमा सो व्यवसाय सञ्चालन गर्न सकिने भएकाले त्यसतर्फ कृषकको आकर्षण बढेको बताउनुभयो ।

पशुसेवा विभागका महानिर्देशक केशवप्रसाद प्रेमीले पशुपालन गर्ने कृषकलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै स्वदेशको मागअनुसार स्वस्थ मासुको उत्पादन गर्नसकेमा विदेशबाट हुने आयातलाई प्रतिस्थापन गर्न सकिने छ भन्नुुभयो ।

सङ्घका अध्यक्ष उमेश राईले देशभरका व्यवसायीलाई सङ्गठित गरी उनीहरुका अधिकारलाई संरक्षण गर्न सो संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।