१ कार्तिक २०८३, शनिबार

वाजपेयीको अन्त्येष्टि दिउँसो ४ बजे

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । भारतीय पूर्वप्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको शुक्रबार अपराह्न ४ बजे अन्त्येष्टि गरिने भएको छ ।

९३ वर्षका उमेरमा बिहीबार निधन भएका वाजपेयीको पार्थिव शरीर बिहीबार रातभर उनको कृष्ण मेनन मार्गस्थित निवासमा राखिएको थियो । श्रदाञ्जलीका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।

शवयात्रा दिउँसो १ बजे शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वाजपेयीको अत्येष्टि राजघाटस्थित महात्मा गान्धीको नजिक गरिनेछ ।

उनको निधनमा भारत सरकारले सात दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । दिल्लीसहित मध्यप्रदेश, उत्तरप्रदेश, राजस्थान, बिहार, झारखण्ड, पञ्जाबका विद्यालय तथा कलेजमा छुट्टी दिइएको छ ।