
काठमाडौं, ३१ साउन । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ ।
उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । उनको किड्नीमा संक्रमण भएको थियो ।
तीन पटकसम्म भारतको प्रधानमन्त्री भइसकेका वाजपेयी ११ जुनमा अस्पताल भर्ना गरिएको थियो ।
उनी भारत रत्नबाट पनि सम्मानित भएका थिए । उनले १५ वर्षअघि नै राजनीतिबाट सन्यास लिएका थिए ।















प्रतिक्रिया