१३ कार्तिक २०८३, शुक्रबार

सिंहदरबारभित्र जथाभावी प्रवेश गर्न नदिइने, कडाइ गर्दै सरकार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ ।

सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ ।

–दक्षिण गेटबाट भित्रने, पूर्वी गेटबाट बाहिरिने

–सुरक्षाको गेट सर्वसाधारणलाई बन्द

–प्रविधिमैत्री सिंहदरबार बनाइने

–चारवटै गेटमा डिजिटल गेट राख्ने

–भीड घटाउन एकद्वार प्रवेश पास

–गृह र प्रधानमन्त्री कार्यालयले मात्र पास दिन सक्ने