१३ कार्तिक २०८३, शुक्रबार

अनुमतिविना तस्बिर खिच्न नपाइने, अन्यथा एक वर्ष सजाय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्बिर खिच्नेलाई १ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

साथै अनुमतिविना कुनै व्यक्तिको तस्बिर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्बिर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्बिर खिच्न नपाइने व्यवस्था गरिएको छ ।

अनुमतिविना कुनै व्यक्तिको तस्बिर खिच्न र निजको तस्बिरसँग अरु कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन र प्रकाशन गर्न निषेध गरिएको छ । कानूनमा अनुमतिविना तस्बिर खिचेमा एक वर्ष कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।

अनुमतिविना एक व्यक्तिको तस्विर अर्को व्यक्तिको भागमा जोडेर अर्को तस्विर बनाउने वा प्रकाशन गरेमा दुई वर्ष कैद वा २० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने ब्यवस्था गरिएको छ ।

कुनै सार्वजनिक स्थानको तस्विर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्तिसमेतको तस्विर खिचिए कुनै कसुर नलाग्ने उल्लेख गरिएको छ ।