२१ कार्तिक २०८३, शनिबार

सिरहामा दिउँसै लुटिए ट्रान्सफर व्यसायी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सिरहा, २४ साउन । सिरहाको मिर्चैया कल्याणपुर सडकको मिर्चैया नपा ३ तीनगछियाबाट विहिवार अपरान्ह एक व्यवसायी लुलिएको छ ।

सिरहाकै कल्याणपुर नगरपालीका ११ का राजाराम साहको आफ्नै नाममा रहेको राजाराम सव मनि ट्रान्सफरका लागि मिर्चैयास्थित ग्लोवल आईएमई बैंकबाट निकालेर लगेको २५ लाख ६० हजार लुटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दीपेन्द्र शाहले बताए ।

बैंकबाट पैसा झिकेर ज. ६ प ८१८५ नम्वरको मोटरसाइकलमा गईरहेको साहलाई दुईवटा मोटरसाइकलमा आएका चारजनाको अपरिचित समूले रकम लुटेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दीपेन्द्र शाहले जनाएको छ ।

निलो र रातो रंगको पल्सर मोटरसाइकलमा आएका लुटेराहरुले आफू चढेको मोटरसाइकल घेरेर गोली ठोक भन्दै घेरेपछि साहले गोली नठोक भनेपछि आफूले रकम सहित झोला जिम्मा लगाएको साहलाई उद्धृत गर्दै प्रहरीले बताए । उनीहरले गोली ठोक भनेपनि हतियारभने आफूले नदेखेको साहले जनाए ।

लुटेराहरुले साहको साथमा रहेको एक थान मोवाइल समेत लगेको जनाएको छ । रकम लुटेपछि लुटेराहरु उत्तरतिर फर्किएर पश्चिम दक्षिण भागेको प्रहरीले जनाए । उनीहरु सिरहा धनुषाको सीमाना कमला नदितर्फ भागेको जनाएको छ ।

लुटेरा समूह खोजीको लागि व्यापक प्रहरी परीचालन गरेको प्रहरीले जनाएको छ ।
यस अघिपनि सोहि ठाउँबाट अर्को व्यवसायीको ११ लाख रुपैयाँ लुटिएको थियो । बस्ति नभएको र आँपको बगैचा रहेको सो क्षेत्रमा पटक पटक अपराधी घटना हुने गरेको मिर्चैयाका एक व्यवसायीले बताए ।