२१ कार्तिक २०८३, शनिबार

कैलालीको एक गुट्खा उद्योगमा बम विष्फोट, स्थानीय त्रसित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २४ साउन । कैलालीको देउती गुट्खा उद्योगमा बम विष्फोट भएको छ । बिहीबार विहान करिब ५ बजे अज्ञात समुहले बम बिष्फोट गराएको हो ।

लम्कीचुहा नगरपालिका–१ लम्की बजारमा रहेको उद्योगमासकेट बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटन भएपछि वरपरका स्थानीय पनि त्रसित भएका छन् । विष्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।

बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।