
लमजुङ, २३ साउन । लमजुङ कारागारमा खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । कारागारभित्रै फुटवल, चेस र क्यारमबोर्ड प्रतियोगिताको आयोजना गरिएको हो ।
काराकारका कैदीबन्दीले साउन २२ गतेलाई खेलकुद डे को रुपमा मनाउने निर्णय गरी पहिलोपटक कारागारभित्रै खेलकूद प्रतियोगिताको आयोजना गरेको कैदीबन्दीले बताएका छन् । कालिका समूह, गुफा समूह र पाका उमेर समूहका २÷२ टीम फुटवल खेलमा सहभागि थिए ।
५÷५ जना समूह गरेर खेल खेलिएकोमा गुफा समूह ‘ए’ पहिलो भएको थियो । उक्त टीमले नगद ३ हजार रुपैया“ र मेडल पाएको छ । प्रतियोगितामा सर्वाधिक ५ गोल गरी गुफा समूह ‘ए’ का रोशन खत्रीले ५ सय रुपैया“ पाए । युवातर्फ नवीन गुरुङ र पाका समूहतर्फ मेख दुराले उत्कृष्ट खेल प्रदर्शन गरेबापत उत्कृष्ट खेलाडीको उपाधिसहित नगद जनही ५ सय रुपैया“ पाए ।
चेस खेलमा शेखर शाही प्रथम भए । उनले १ हजार रुपैया“ र मेडल पाए । क्यारम्बोर्डमा भरत राना र दिनेश परियारको जोडी प्रथम भए । उक्त टोलीले १ हजार रुपैया“ र मेडल पाए । क्यारमबोर्डमा ६ जोडी र चेसमा ४ जना सहभागि भएका कारागारका चौकीदार आषिश रानाले बताए ।
उनका अनुसार कारागारभित्रै खेलकुदमा रमाउन पाउ“दा कैदीबन्दी खुसी छन् । कारागारका जेलर तीर्थबहादुर अधिकारीले कारागारको व्यवस्थापनमा कैदीबन्दीलाई खेलकुद प्रतियोगिता भएको हो












प्रतिक्रिया