
काठमाडौ, २३ साउन । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालयअन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धितकाउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा ‘विश्वविद्यालय सुधार अभियान’विषयमापत्रकार सम्मेलनगर्दै समितिकापदाधिकारीहरुले यस्तो आरोप लगाएकाहुन् । शिक्षाजस्तो पवित्र क्षेत्रमा मापदण्ड पुरा नगरी एकोहोरो नाफामात्र उद्देश्य राखीक्याम्पसहरु सञ्चालन गरेको भन्दै शिक्षामाव्यापारीकरण भएको उनीहरुको आरोप छ ।
कार्यक्रममाबोल्दै नेपालविद्यार्थी संघ केन्द्रिय सदस्यतथापोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समिति संयोजकनवराज त्रिपाठीले विश्वविद्यालयबाट सम्बन्धनप्राप्तकलेजहरुले न्यूनतम मापदण्ड पनि पुरा नगरि सञ्चालन गरेको दाबी गरे ।
उनले भने,‘लगभग ५८ ओटा पोखरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्तकलेजहरु लगायतयसको आंगिककलेजले आवश्यकन्यूनतम मापदण्ड पनि पुरा गरेका छैनन् । शिक्षक, जमिन,ल्याबलगायतकाअन्यबिषयहरुमाहामीले अनुसन्धानगर्यौैँ, तर एउटापनि कलेजहरुले नियमको पालना गरेको पाएनौँ ।’
त्यसैगरि कार्यक्रममाबोल्दै नेपालविद्यार्थी संघ केन्द्रिय सदस्यतथापोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिउप–संयोजक सुदर्शन कुमार पौडेलले अहिलेको शिक्षानितीमाअन्यौलताभएको बताए । उनले भने,‘क्याम्पसहरुले विद्यमाननियमपालनानगरि सञ्चालनगर्नाले कस्तो र कुन स्तरको जनशक्तिउत्पादनहोला?तसर्थ शैक्षिक क्षेत्रमाव्याप्त समस्याहरुको निराकरणको लागिध्यान दिनुपर्छ ।’
उनीहरुले अघि सारेकाकार्यक्रमअन्र्तगतयही साउन २४ गते विश्वविद्यालयका सबै क्याम्पसहरुमा ज्ञापनपत्र बुझाउने, २६ गतेबाट धर्ना लगायतकाबिरोध कार्यक्रम र हरेक क्याम्पस प्राङगणमा क्याम्पसको अनियमितकार्यहरुको भण्डाफोर गर्ने रहेको छ ।












प्रतिक्रिया