
सल्यान, २३ साउन । आर्थिक वर्ष ०७४/०७५मा जिल्ला प्रहरी कार्यालय सल्यानमा एक सय ९५ थान मुद्दा दर्ता भई अनुसन्धान भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि भरत बहादुर विकले गत आर्थिक वर्षमा यस कार्यालय बाट एक सय ९५ थान मुद्दा उपर अनुसन्धान गरिएको बताए । यस्तै ०७३/०७४ मा एक सय ५७ वटा मुद्दा दर्ता भएको र ०७२/०७३ सालमा एक सय ३४ वटा मुद्दा उपर अनुसन्धान थालिएको कार्यालयको तथ्याँकमा उल्लेख छ ।
सल्यान बाट सरुवा भई चितवनको भरतपुर जान लागेका डिएसपि विकले बुधवार जिल्लामा कृयाशील पत्रकारहरु संगको विदाई भेटघाटको अवसरमा सो कुराको जानकारी गराए । ‘त्रिवर्षिय मुद्दाको तालीका अनुसार बितेको ३ बर्षको तुलनामा यसबर्ष भने मुद्दाहरु केही मात्रामा बढ्दै गएको पाईएको छ,’उनले भने ।
चालु आर्थिक बर्षमा सबै भन्दा बढि झुन्डिएर आत्मा हत्या गर्ने हरुको संख्या बढी देखिएको र त्यसमा पनि आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिला हरुको संख्या बढी रहेको उनले बताए ।
‘आत्महत्या गर्नेहरुको संख्या विगत तिन वर्ष यता लगभग उस्तै उस्तै रहेको छ उनले भने, गत आर्थिक वर्ष ०७२/०७३ मा ४० वटा ,०७३/०७४मा ३४ वटा र ०७४/०७५मा ३९ वटा घटना घटे जसमा महिलाको संख्या नै बढी देखिएको छ ।’
यस्ता घटनामा पारिवारिक देखी आर्थिक विपन्नता साथै मादक पदार्थ लगायतका कारण हरु रहेको बताउदै उनले भने, मादक पदार्थले घरमा कलह निम्त्याउछ जसले गर्दा डिप्रेसन बढ्ने र आत्महत्या गर्ने सोचमा पुगेको घटनाको अनुसन्धानका क्रममा भेटियो ।
‘यसलाई न्युनिकरण गर्न मानसिक चेतना विस्तारका गर्न आवश्यक रहेको बताउदै उनले मानसिक रोग सम्बन्धी लक्षण हरु देखिए पनि उपचार गर्न तर्फ नभई धामी झांक्री तिर लाग्ने, घर परिवारले कुरा नसुन्दिने जस्ता कारणले पनि आत्महत्या गर्ने सोच्न बाध्य भएको देखिन्छ,’उनले थपे त्यसैले यसका लागी चेतना विस्तार गर्न जरुरी छ ।
०७४ भदौ १४ गते सल्यान जिल्ला प्रहरी कार्यालयको प्रमुखको हैसियतले काम गरि रहंदा हाल सम्म आफुले गरेका कामको बारेमा समेत उनले जानकारी गराएका थिए ।यस जिल्लामा रही अपराध न्युनिकरण तथा शान्ती सुरक्षाको क्षेत्रमा काम गर्दै जाँदा यहाँका पत्रकारहरुले पनि महत्वपुर्ण भुमिका खेलेको बताए ।
सल्यान बसाईको क्रममा डिएसपि विकले आफुले सामाजिक मात्रै नभई प्रहरी कार्यालय भित्र पनि विभिन्न खाले उदाहरणीय काम गरेका छन् । करिब एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष सुधार संगै प्रहरीहरुका लागी व्यवहार सुधार तालीम,इलाका तथा अस्थाई प्रहरी चौकी,प्रहरी बीट स्थापना लगायतका काम हरु गर्न सफल भएको उनले बताए ।












प्रतिक्रिया