१ कार्तिक २०८३, शनिबार

खालिदा जियाको धरौटी सेप्टेम्बरसम्मका लागि थप

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बङ्गलादेश, २३ साउन । बङ्गलादेशको राजधानी ढाकास्थित एक विशेष अदालतले पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको धरौटीलाई आगामी सेप्टेम्बर ५ सम्मका लागि थप गरेको छ ।

विशेष अदालतको मङ्गलकारको निर्णय अनुसार ‘जिया अर्फानेज ट्रष्ट’ मा भएको भ्रष्टाचार मुद्दालाई थप गरेको थियो । न्यायाधीश मोहम्मद अख्तरुज्जमन विदामा रहेकाले विशेष अदालतका कायममुकायम न्यायाधीश शेख नजमुल आलमले धरौटी म्याद थप गरिएको ढाका ट्रिवुनले उल्लेख गरेको छ ।

खालिदाको धरौटी म्याद यस अघि पनि धेरै पटक थप गरिएको थियो । यस अघि फेब्रुवरी ८, मार्च १२, र जुलाई ३१ मा म्याद थप गरिएको थियो । पछिल्लो पटक जुलाईमा अगस्ट ७ सम्मका लागि थप गरिएको म्याद थपलाई फेरि बढाइएको हो ।

सन् २००८ को जुलाईमा भ्रष्टाचार निवारण आयोगले दर्ता गरेको मुद्दामा अदालतले दोषी प्रमाणित गर्दै पूर्व प्रधानमन्त्री खालिदा, उहाँका जेठा छोरा तारिक रहमान तथा चार जना अन्य नेतालाई १० बर्षको कठोर जेल सजाय तथा दुई करोड १० लाख बङ्गलादेशी टाका बराबर जरिवाना भएको छ ।

त्रिहत्तर वर्षीया खालिदा जियाले सन् १९९१ देखि सन् १९९६ र सन् २००१ देखि सन् २००६ सम्म गरी १० वर्ष बङ्गलादेशको शासनसत्ता सम्हालेकी थिइन् । एएनआई