
काठमाडौं, २२ साउन । अष्ट्रेलियाको कुल जनसंख्या पहिलो पटक २५ मिलियन अथार्त दुई करोड पच्चिस लाख पुगेको त्यहाँको तथ्यांक विभाग एबीएसले जनाएको छ ।
मंगलबार पहिलो पटक त्यहाँको जनसंख्याले पच्चिस मिलियनको विन्दुलाई चुमेको हो । त्यहाँको जनसंख्या यसरी बढ्नुमा बसाईंसराईं पहिलो कारण रहेको हुनसक्ने जनाईएको छ ।
शहरीकरण फैलिरहेको अवस्थामा सिड्नी र मेलबर्नका मानिसहरुको बसोबासका लागि सरकारले बैकल्पिक बासस्थानको खोजी गर्न लागेको जनाएको छ । ती शहरहरुमा बसोबासका लागि महंगी बढ्दै गएको पनि जनाईएको छ ।

अष्ट्रेलियन तथ्यांक ब्युरोका अनुसार कुल जनसंख्या मध्य ६७ प्रतिशत प्रदेश तथा स्थानीय राजधानी क्षेत्रमा बसिरहेका छन् ।
पछिल्लो वार्षिक वृद्धि दर १.६ रहेको छ । रोचक कुरा के भने त्यस मध्ये ६२ प्रतिशत वृद्धि दर आप्रवासीको रहेको तथ्यांक विभागले जनाएको छ । बाँकी ३८ प्रतिशत मात्र वृद्धि त्यहाँको प्राकृतिक जन्म वा कम मृत्यु दर रहेको विभागको तथ्यांक छ ।















प्रतिक्रिया