
काठमाडौं, २१ साउन । इंडोनेशियाको लोमबोक द्वीपमा आइतबार ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी ८२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सयौं घाइते भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण हजारौं घरमा क्षति पुगेको छ । राहत तथा उद्धार कार्य भइरहेको छ ।
भूकम्पको केन्द्र जमिनभन्दा १५ किलोमिटर तल थियो । त्यसलगत्तै ६० भन्दा बढी पराकम्प गएको बताइएको छ ।
इंडोनेशिया भूकम्पका लागि निकै जोखिम मुलुकमा गनिन्छ । -एजेन्सी















प्रतिक्रिया