२१ कार्तिक २०८३, शनिबार

पहिरोका कारण सल्यानका सात सय घर जोखिममा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २० साउन । लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् ।

लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ ।

जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन् । ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिनुभयो ।

जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उहाँको भनाइ छ । “चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको जोखिम अन्य जिल्लाको तुलनामा यस जिल्लामा बढी छ”, उहाँले भन्नुभयो । अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि करोडौँको भौतिक क्षति भएको उहाँको भनाइ छ । –रासस