२१ कार्तिक २०८३, शनिबार

राप्रपा प्रदेश–७ को कार्यालय धनगढीमा स्थापना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, २० साउन । राप्रपा सह–महामन्त्री चन्द्रबहादुर गुरुङले राप्रपालाई मुलुकको राष्ट्रिय राजनितीमा जबर्जस्त ढंगबाट स्थापित गरेरै छाड्ने दृढता ब्यक्त गरेका छन् । पार्टीको प्रदेश–७ कार्यालयको आईतबार धनगढीमा उद्घाटन गर्दै गुरुङले नीति, बिचार र सिद्धान्तमा प्रतिबद्ध पङ्ती निर्माण नै आजको प्रमुख आबश्यकता रहेको चर्चा गरे ।

सिद्धान्त र बिचार परित्याग गरेर नभई अझै प्रतिबद्ध भइ चट्टानी दृढताका साथ राप्रपा आगामी दिनमा अगाडि बड्ने स्पष्ट पारे । समान बिचार भएकाहरुसङ्ग एकताको निमित्त पार्टी सधै तयार रहेको भन्दै उनले राप्रपाले सिद्धान्तलाई तिलान्जली दिन्छ भन्ने कसैले कल्पना गरेको छ भने त्यो दिवास्वप्न मात्र हुने दाबी गरे ।

यसै बिच आजै प्रदेश अध्यक्ष श्याम बहादुर शाहिको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण अभियान , सकृय सदस्यता बितरण अभियान र हिन्दुत्व जनजागरण सभा गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा बोल्दै पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले एजेन्डाका हिसाबले प्रदेश-७ राप्रपाको उर्भर भुमी भएको बताउदै यसलाई जनमतमा रुपान्तरण गर्नु पर्नेमा जोड दिए ।

बर्तौलाले सिमामा बस्ने नेपाली जनताको पिडालाई प्रखर रुपमा राप्रपाले उठाउनु पर्ने बताए । प्रदेश समितिको अर्को बैठक बैतडीमा आयोजना गर्ने निर्णय गरिएको छ ।