
काठमाडौं, २० साउन । नेपाल प्रहरी श्रीमती संघको ३४ औं वार्षिक साधारणसभा आईतबार भृकुटीमण्डपस्थित संघको कार्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रम संघकी अध्यक्ष प्रमीला खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त अवसरमा संघकी अध्यक्ष खनालले संघ स्थापनादेखि नै समाजसेवाको भावले सेवामुलक, परोपकारी एवं मानवीय कल्याणका कार्यक्रममा सक्रिय रहँदै आएको बताईन् । सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा संघले संचालन गरेको गतिविधिमा सबैको सहयोग, समन्वय र कार्यगत एकताले लक्षित उद्देश्य प्राप्त गर्न सफलता मिलेको उनले बताईन् ।
सामूहिक कार्यमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरूबाट सिर्जनात्मक सल्लाह र सुझावको अपेक्षा राखेको बताउँदै उनले आगामी दिनमा समेत नयाँ सेवामूलक कार्यक्रममा प्रभावकारी भूमिकाका साथ अगाडि बढ्ने उल्लेख गरिन् । कार्यक्रममा संघकी प्रशासन सचिव निलु न्यौपानेले वार्षिक गतिविधि प्रस्तुत गरेकी थिईन् ।












प्रतिक्रिया