
काठमाडौं, २० साउन । पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानले गठबन्धन सरकार बनाउने तयारी गरेका छन् । उनले आफ्नो नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।
गएको हप्ता भएको चुनावको नतिजापछि खानले अन्य दलको सहयोगमा सरकारको नेतृत्व गर्न लागेका हुन् । इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ, पिटिआईले चुनावमा ११६ सिटमा जितेको थियो ।
पाकिस्तानमा सरकार बनाउन १ सय ३७ सिट चाहिन्छ । अन्य दलसँगको गठबन्धनका लागि केन्द्रीय मन्त्रिमण्डलमा कराचीमा मुत्तहिदा कौमी मुभमेन्ट पार्टी र बलुचिस्तान अवामी पार्टीलाई समावेश गरिने बुझिएको छ ।















प्रतिक्रिया