२९ आश्विन २०८३, बिहिबार

महानगरद्वारा तीन अर्बको खर्च प्रस्ताव पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahanarpalikaकाठमाडौं, १ माघ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७२/०७३ का लागि कुल तीन अर्ब आठ करोड ८९ लाख ८० हजारको राजस्व तथा खर्च प्रस्ताव आज सार्वजनिक गरेको छ ।

महानगरपालिकाको बुधबार बसेको २५औँ नगरपरिषद्ले सो प्रस्तावलाई स्वीकृत गरेको हो । सो प्रस्तावित रकम चालु आवको तुलनामा करिब ९० करोडले कम हो । त्यस्तै चालु आव २०७१/०७२ का लागि तीन अर्ब ९८ करोड ३५ लाख खर्च विनियोजन गरिएको थियो ।

आन्तरिक आयबाट एक अर्ब ४६ करोड ६२ लाख ४६ हजार सङ्कलन गरिने तथा अन्य रकम सरकारी र गैरसरकारी क्षेत्रबाट अनुदान उपलब्ध हुने अपेक्षा गरिएको छ ।

स्थानीय कर ५३ प्रतिशत र गैरकर अनुदान ४७ प्रतिशतको योगदान रहने अनुमान गरिएको छ । महानगरपालिकाको प्रशासनिक तथा अन्य खर्चका लागि ४१ करोड २६ लाख प्रस्ताव गरिएको छ ।

विषयगत क्षेत्र अनुसारको नीति कार्यान्वयनका लागि विकास खर्चतर्फ एक अर्ब ९६ करोड ८६ लाख पाँच हजार विनियोजन गरिएको छ ।

महानगरपालिकाका प्रमुख धनबहादुर श्रेष्ठले नतिजामुखी बजेट प्रणालीको विकास गरी जनताप्रति जवाफदेही, उत्तरदायी महानगर प्रशासनको प्रवद्र्धन हुने अपेक्षा गर्दै बालमैत्री शासनको अवलम्बन, सहरी भौतिक पूर्वाधारको विकास, ऐतिहासिक सम्पदाको संरक्षणलगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।