१ कार्तिक २०८३, शनिबार

कङ्गोका पूर्वविद्रोही नेता चुनाव लड्न स्वदेश फिर्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किन्सासा, १७ साउन । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गर्न पूर्वविद्रोही नेता विदेशबाट स्वदेश फर्किएका छन् ।

झण्डै ११ वर्षभन्दा बढी समय विदेशमा रहेका पूर्वविद्रोही नेता जोन बेम्बा बुधबार स्वदेश फर्किएका हुन् ।

उनी स्वदेश फर्किएपछि मुलुकको राजनीतिक माहौल थप तातेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पचपन्न वर्षीय बेम्बाको अर्का प्रभावशाली नेता जोसेफ कबिलासँग प्रतिस्पर्धा हुने देखिएको अधिकारीहरूले बताएका छन् ।

कङ्गोमा यसअघि दुई पटक तय गरेर पनि पछाडि सर्दै आएको निर्वाचन अहिले आगामी डिसेम्बर २३ तारिखका दिन गर्ने घोषणा गरिएको छ । एएफपी