
काठमाडौं, १६ साउन । नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक धमलाले सर्वहारा वर्गको हितमा नभई वर्तमान सरकार विचौलियाहरुको कब्जामा रहेको दाबी गरेकी छिन् ।
‘वर्तमान सरकार संविधानको कार्यान्वयन र मौलिक हकसम्बन्धी कानुन निर्माण गरेर जनताका हक सुनिश्चित् गर्नुपर्ने कार्यभारलाई थाँती राख्दै नाफा, सेवा, सुविधा सत्ता एकाधिकारको विधि निर्माणमा लागिरहेको देखिन्छ’, उनले भनिन्, ‘पानीजहाज, मोनो रेलजस्ता महत्वकांक्षी योजनाहरु बाँड्ने तर व्यवहारमा राजधानीको सडकमा भएका खाल्डासम्म पुर्न सकेको छैन । भूकम्प गएको बर्षौ बितिसक्दा पनि पाल मुनिको जिन्दगी काटिरहेका जनतालाई उचित राहतको व्यवस्था गर्न सकेन । जनपक्षीय नारा दिएर चुनाव जितेको नेकपाले सत्ताको सिण्डिकेट लगाएर जनतामाथि अन्याय गरिरहेको छ ।’
ओली सरकारले पछिल्लो समय मुल्यबृद्धि, करमा बृद्धि, बलात्कारका घट्नामा २२ प्रतिशतले बृद्धिजस्ता उपहारहरु जनतालाई थमाउने काम गरेको आरोप समेत उनले लगाईन् ।












प्रतिक्रिया