२१ कार्तिक २०८३, शनिबार

ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १६ साउन ।  नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोझीमा ज्येष्ठ नागरिकका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालले रु १५ लाख ३७ हजारको लागतमा उक्त सेवाकेन्द्रको भवन निर्माण गरेको हो ।

सबै ज्येष्ठ नागरिकलाई दिउँसो फुर्सदको समय बिताउन र मनोरञ्जन लिन सहज होस भनेर सेवाकेन्द्र सञ्चालन गरेको स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालका अध्यक्ष नरबहादुर हमालले बताउनुभयो ।

सेवाकेन्द्र भवनको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणाले उद्घाटन गर्नुभयो । उपप्रमुख उमा थापामगर र वडाध्यक्ष प्रमोद रिजालले सेवाकेन्द्रमा ज्येष्ठ नागरिकका लागि मनोरञ्जनको विभिन्न सुविधा उपलब्ध गराइने बताउनुभयो । –रासस