
झापा, १५ साउन । झापामा बन्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
मेची नगरपालिका–११ धाइजनस्थित मेचे टोल बस्ने २० वर्षीया मनिता मेचेको आफ्नै श्रीमानले गरेको बन्चरो प्रहारबाट मंगलबार मृत्यु भएको छ ।
घरायसी विवादको कारण २८ वर्षीय राजिव मेचेले मनितालाई टाउकोमा बन्चरो प्रहार गरी भागेका थिए । मनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरार राजिवको खोजतलास भईरहेको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया