
काठमाडौं, १४ साउन । चार किलो लागूऔषध चरेश सहित एक जना पक्राउ परेका छन् । रोल्पा भायाङ्ग–२ घर भएका ३६ वर्षीय सोतबहादुर मगरलाई प्रहरीले सोमबार नागढुंगा चेकपोष्टबाट पक्राउ गरेको हो ।
चेकपोष्टमा बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८८४८ नम्बरको यात्रु बाहक बस जाँच गर्नेक्रममा झोलामा लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा छानविन भईरहेको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया